१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडौं
२०७७ चैत ८ आइतबार १५:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति वायुसेवा निगमको जहाजमार्फत बंगलादेश जाने

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ चैत ८ आइतबार १५:१५:००

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश जाने भएकी छिन् ।

उनीले ९ र १० चैतमा बंगलादेशको राजकीय भ्रमण गर्नेछिन् । निगमको कलसाइन ९ एकेएक्स उडान नम्बर आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बंगलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । काठमाडौं–बंगलादेश उडान अनुमानित एक घन्टा १० मिनेटको हुनेछ ।

राष्ट्रपति भण्डारी १० चैतमा बंगलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौं फर्कने उडान तालिका छ । चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एन्ड स्याम्पल टेस्टिङ’ उडान हुने दिन सोमबार बिहान ६ः३० बजे सकिने श्रेष्ठको भनाइ छ । 

उनले राष्ट्रपतिको राजकीय भ्रमणमा राष्ट्रिय ध्वजावाहकको प्रयोग भएकामा निगम गौरवान्वित भएको बताइन् । यसअघि पनि राष्ट्रप्रमुख तथा सरकार प्रमुखले राजकीय भ्रमणका सन्दर्भमा निगमको जहाज प्रयोग गर्दै आएका थिए ।