Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ चैत ६ शुक्रबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ चैत ६ शुक्रबार १३:०५:००

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्याल सुर्खेतले नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृतको परिचयपत्र बनाएर ठगी गरेको आरोपमा जाजरकोटको छेडागाढ नगरपालिका– २ डेढकुलाका २७ वर्षीय दीपक बुढालाई बिहीबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिरेका थिए । यो नाम गरेको गाउँपालिका नेपालमै छैन ।

प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका, कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए ।

‘जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ,’ उनले भने, ‘प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यु फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोसाक बरामद गरेको छ ।’