१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार २१:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद

विकेश र रन्जित मार्की खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार २१:४३:oo

नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । काठमाडौंले विकेशसँगै राष्ट्रिय टोलीकै प्रमुख प्रशिक्षक बालगोपाल महर्जनलाई प्रशिक्षकका रूपमा भित्र्याएको छ । काठमाडौंले एक कार्यक्रममार्फत बिहीबार मार्की खेलाडी तथा प्रशिक्षक सार्वजनिक गरेको हो । 

काठमाडौं टोलीका कार्यकारी प्रमुख विज्ञानराज शर्मा हुन् । मार्की प्लेयर विकेशले काठमाडौंसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताएका छन् । ‘नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिगमा मार्की खेलाडीका रूपमा आबद्ध हुन पाउँदा खुसी लागेको छ, यसले हामी खेलाडीमा उत्साह थपेको छ,’ विकेशले भने । 

यसैगरी बिहीबार नै विराटनगर सिटी फुटबल क्लबले राष्ट्रिय टोलीका डिफेन्डर रन्जित धिमाललाई मार्की खेलाडीका रूपमा सार्वजनिक गरेको छ । मार्की रन्जितले गृहनगर विराटनगरको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताएका छन् । नेपाल सुपर लिगमा यसअघि धनगढी एफसीले मिडफिल्डर विशाल राई, ललितपुर सिटी फुटबल क्लबले अन्जन विष्ट र चितवन एफसीले भरत खवासलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेका छन् । 

चितवनले मेघराज केसीलाई मुख्य प्रशिक्षक र शैलेश कर्माचार्यलाई सहायक प्रशिक्षकका रूपमा अनुबन्ध गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा प्रतियोगिता ११ देखि २५ वैशाखसम्म दशरथ रंगशालामा सिंगल राउन्ड रोविनका आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछन् । प्रतियोगिताको अक्सन शुक्रबार हुने आयोजकले जनाएको छ । अक्सनमा एक सय ५८ खेलाडी छन् । ए श्रेणीका ३५, बी श्रेणीका ६५ तथा सी श्रेणीका ५८ खेलाडी अक्सनमा रहेको एन्फाले जनाएको छ । 

के हो मार्की खेलाडी ?
पछिल्लो समय खेलकुदमा मार्की खेलाडी राख्ने चलन सुरु भएको छ । विभिन्न फ्रेन्चाइज लिगमा मार्की खेलाडी चर्चित छ । नेपाल सुपर लिगमा पनि मार्की खेलाडी सार्वजनिक भइरहेका छन् । टोलीमा आबद्ध मार्की खेलाडी असाधारण क्षमता भएको, लोकप्रिय तथा उल्लेखनीय योगदान पुर्‍याउन सक्ने हुनुपर्छ । मार्की शब्द थिएटर मार्किजबाट आएको हो । जसले दर्शकलाई आकर्षित गर्न सक्ने क्षमता राख्छन् । 

ad
ad