१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

मनाङमा दोस्रो चरणमा १२ सयलाई खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:४८:oo

हिमाली जिल्ला मनाङमा दोस्रो चरणको अभियानअन्तर्गत एक हजार दुई सय ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । २३ फागुनदेखि २ चैतसम्म मनाङका स्थानीय तहमा सञ्चालन भएको कोभिड– १९ विरुद्धको खोप अभियानमा एक हजार दुई सय २७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

दोस्रो चरणको खोप अभियानमा हिमाली जिल्लामा ५५ वर्षमाथिका र अन्य जिल्लामा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको निर्णयअनुसार ज्येष्ठ नागरिकसँगै पहिलो चरणको अभियानमा छुटेकालाई पनि खोप लगाइएको हो 

चार स्थानीय तह रहेको मनाङमा नार्पाभूमि गाउँपालिकामा ३० वर्षमाथिका नागरिकलाई खोप दिइएको र अन्य स्थानीय तहमा ५५ वर्षमाथिका नागरिकलाई मात्र खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीनाथ आचार्यले बताए । भौगोलिक विकटता र थोरै जनसंख्या रहेका कारण नार्पाभूमिमा ३० वर्षमाथिका खोप लगाउन इच्छुक सबै नागरिकलाई खोप लगाइएको हो । अभियानका लागि जिल्ला अस्पतालसँगै प्रत्येक स्थानीय तहमा एक–एक गरी पाँच खोप केन्द्र तोकिएको थियो ।

नार्पाभूमिमा आइतबार र सोमबार दुई दिन सञ्चालन भएको खोप अभियानमा ३० वर्षमाथिका एक सय ८६ जनाले खोप लगाएका छन् । अन्य स्थानीय तहमा भने तेस्रो प्राथमिकतामा परेका ज्येष्ठ नागरिकलाई मात्र खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ad
ad