
कुमारी बैंक लिमिटेड र मेरिना इम्पेक्सबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाइसम्बन्धी सेवाहरूमा कुमारी बैंकका डेबिट–क्रेडिट कार्डबाहकलाई छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाललगायत विभिन्न शाखाहरूबाट सर्टिङ–सुटिङलगायत सम्पूर्ण सिलाइसम्बन्धी सेवामा बैंकको डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गरेमा कार्डबाहकहरूले २० प्रतिशतसम्मको छुट पाउने जनाइएको छ ।
सम्झौतामा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र मेरिना इम्पेक्सका प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले देशभर १ सय ९२ शाखा, १ सय ६२ एटिएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधाहरू दिँदै आएकोे जनाएको छ ।