१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण २५ मंगलबार ०६:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिनगर कृषि बजारमा सन्राइजको क्युआर सेवा 

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण २५ मंगलबार ०६:२७:००

सन्राइज बैंकले धनगढीमा रहेको त्रिनगर कृषि हाटबजारमा क्युआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ । बैंकले डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पुर्‍याउने उद्देश्यका साथ क्युआर कोडबाट भुक्तानी सेवा सुरु गरेको हो । 

क्युआर कोड प्रणालीको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर बडले गरेको बैंकले जनाएको छ । उनले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुँचसम्म पुर्‍याउन धनगढी उपमहानगरपालिकाले अभियान सुरु गरेको बताए । यसका लागि बैंक वित्तीय संस्थाले देखाएको अग्रसरतामा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । 

उक्त कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुरेन्द्रबहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सन्राइज बैंकले सबै क्षेत्रका स–साना तरकारी पसल, फलफूल पसल, किराना पसलहरूदेखि लोकल बसहरूसम्म पनि क्युआर कोड लागू गर्दै यस क्षेत्रमा नगदरहित कारोबारलाई बढाउँदै लगिरहेको बताए ।

त्रिनगर कृषि हाटबजार व्यवस्थापन समिति धनगढीका भवानीसिंह चैसिरले अब त्रिनगर कृषि हाटबजारमा तरकारी तथा फलफूूल खरिद–बिक्री गर्न आउने व्यक्तिहरूले स–साना कारोबारमा समेत डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न 
सक्ने बताए ।