१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मलंगवाको सोरुममा बेनेलीका ५ नयाँ मोडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २१ शुक्रबार ०६:१८:००

बेनेली मोटरसाइकलका लागि सर्लाहीको अधिकृत विक्रेता पिएस इन्टरप्राइजेजले ५ नयाँ मोडेलका मोटरसाइकल बिक्री सुरु गरेको छ । नेपालका लागि बेनेलीको अधिकारित विक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले मलंगवामा नयाँ सोरुम र वर्कसप सुविधा उपलब्ध गराएको हो । 

सोरुममा उपलब्ध मोटरसाइकलमध्ये टिएनटी१५ (१५० सिसी)को २ लाख ४७ हजार ५ सय रुपैयाँ, टिएनटी१५०आई (१५०) सिसी को ३ लाख २२ हजार ५ सय रुपैयाँ मूल्य तोकेको जनाइएको छ । त्यस्तै, बिएन२५१ (२५०सिसी)को ५ लाख २० हजार रुपैयाँ, लियोनसिनो२५० को ६ लाख ३० हजार रुपैयाँ र टिआरके१ को ६ लाख ३० हजार रुपैयाँ मूल्य तोकेको जनाइएको छ । 

कम्पनीको सेल्स, स्पेयर पार्टस् र सर्भिस गरी तीनै प्रकारको गुणस्तरीय सुविधा प्रदान गर्ने प्रतिबद्धताअनुरूप मलंगवामा पनि सबै सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ । मलंगवाको नयाँ सोरुम र वर्कसप सुविधासम्पन्न एवं अन्तर्राष्ट्रियस्तरको रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार निम्न सबै मोडेलमा दुई वर्ष इन्जिन वारेन्टी रहेको कम्पनीले जनाएको छ । बेनेली मोटरसाइकल नेपालका महाप्रबन्धक वैदनाथ महतोेले नयाँ ५ मोडेलका मोटरसाइकल शक्तिशाली इन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन रहेको दाबी गरे ।