१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थामार्फत उपलब्ध गराउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o९:oo

लघुवित्त संघ नेपालले सरकारले नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लघुवित्त संस्थाहरूलाई दिन आग्रह गरेको छ । संघका अध्यक्ष जगत पोखरेल नेतृत्वको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर लघुवित्त संस्थाको पहुँच गाउँ–गाउँका घरदैलोसम्म रहेको दाबी गर्दै सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लघुवित्तहरूलाई दिन आग्रह गरेको हो । 

सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धा तथा अशक्तलाई पनि लघुवित्त संस्थामार्फत भत्ता प्राप्त गर्न सहज र छिटो–छरितो हुने विश्वास लिएको संघले जनाएको छ ।हाल मुलुकमा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाका ७७ वटै जिल्लामा ४ हजार १८ शाखा रहेकाले उनीहरूले भत्ता उपलब्ध गराउन सक्ने संघको दाबी छ । अर्थमन्त्री पौडेललाई बुझाइएको ज्ञापनपत्रमा लघुवित्त संस्थामार्फत सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्नका लागि आवश्यक व्यवस्था गर्न पनि आग्रह गरिएको संघले जनाएको छ । 

गरिबीको रेखामुनि रहेकाहरूलाई प्रत्यक्ष सहुलियत दिनका लागि लघुवित्त वित्तीय संस्थाका लागि केन्द्रीय रूपमा एउटा र प्रादेशिक रूपमा सातवटा न्यून ब्याजदरमा कर्जा लगानी गर्ने लघुवित्त सहुलियत कर्जा कोष स्थापना गर्न माग गरेको संघले जनाएको छ । 

एउटा लघुवित्त संस्थाले संकलन गरेको वित्तीय स्रोत अर्को लघुवित्त संस्थामा छोटो अवधिका लागि अन्तरलघुवित्त कर्जा लगानी गर्न पाउने सुविधा भएमा स्रोत कम भएका लघुवित्त बैंकमार्फत विपन्न वर्गमा कर्जा प्रवाह भई विपन्न वर्गका लागि संकलन भएको स्रोत सोही वर्गमा नै प्रवाह हुने संघले जनाएको छ ।