मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण १९ बुधबार ०९:५४:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

किसानलाई अनुदानमा कृषि यन्त्र वितरण

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १९ बुधबार ०९:५४:००

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका किसानलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । प्रदेश सरकारको सहयोगमा कृषि ज्ञानकेन्द्र कैलालीले कैलारी गाउँपालिका–७ का किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरेको हो । मुख्यमन्त्री एकीकृत कृषि तथा पशु विकास कार्यक्रमअन्तर्गत करिब ५२ लाख मूल्यका २२ थान पावर टिलर, १६ थान पम्पसेट र ३३ थान पानी तान्ने मोटर हस्तान्तरण गरिएको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले जानकारी दिए ।

मुख्यमन्त्री एकीकृत कृषि तथा पशु विकास कार्यक्रमअन्तर्गत गहुँको नमुना कृषि गाउँका रूपमा विकास गर्नका लागि कैलारी–७ लाई छनोट गरिएको छ । स्थानीय किसानलाई कृषिसम्बन्धी प्राविधिक तालिमसमेत दिइएको उनले बताए । ग्रेडिङ गरेर बिउ उत्पादनका लागि सोही वडामा रहेको हरियाली नमुना कृषि गाउँ गहुँ पकेट कृषक समन्वय समितिलाई ५० प्रतिशत अनुदानमा ग्रेडिङ मेसिनसमेत ज्ञानकेन्द्रले दिएको छ ।

कृषि यन्त्र हस्तान्तरण गर्दै प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले कृषिलाई सरकारले पहिलो प्राथमिकतामा राखेर अनुदान र सहयोगका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताइन् । कृषिको आधुनिकीकरणका लागि किसानलाई सहुलियत दरमा कृषि यन्त्र, उन्नत बिउ, तालिम, कृषि ऋण आदि सहुलियत र अनुदान दिने नीति सरकारको रहेको उनले जानकारी दिइन् । सुदूरपश्चिमलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य प्रदेश सरकारले लिएको छ । पाँच वर्षभित्रमा कृषिमा आत्मनिर्भर बनाउने घोषणा सरकारले गरेको छ ।