मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण १७ सोमबार १६:१८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विकास निर्माणको काममा राजनीति नगरौँ : प्रधानमन्त्री ओली

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १७ सोमबार १६:१८:००

प्रधानमन्त्री केपी ओलीले विकास निर्माणको काम सबैको साझा भएकाले कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्दै ओलीले सरकारले विकास निर्माणको काम धेरै अगाडि बढाएको दाबी गरे । 

विकास निर्माणको काम सत्तापक्ष र विपक्षीको नहुने उनको भनाइ छ । उनले भने, ‘साझा ठाउँको साझा विकास गरौँ, स्वच्छ ढंगले प्रतिस्पर्धा गरौँ, स्वच्छ ढंगले विचारहरू राखौँ, स्वच्छ ढंगले चलौँ, एकताबद्ध भएर हिडौँ ।’

मानवीय भावना र राष्ट्रिय भावनाका साथ अगाडि बढ्नुपर्नेमा ओलीले जोड दिए । आफूले तीन वर्षको अवधिमा धेरै उपलब्धि हासिल गरेको उनको जिकिर छ । दिगो विकासको लक्ष्य हासिल गर्ने गरी अगाडि बढेको उनले बताए । ओलीले भने, ‘दुनियाँमा कहीँ छैन होला एकै दिन तीन सय नौवटा अस्पतालको शिलान्यास गर्ने देश । तर, हामी हौँ । तीन सय ९६ वटा अस्पताल शिलान्यास गर्ने तयारी थियो, तर केही तयारी नपुगेकाले बाँकी अर्को दिन एकैपटक ग¥यौँ । कोरोना नियन्त्रणका लागि विश्वका थोरै देशले मात्र निःशुल्क उपचार गरेका छन्, हामीसँग धन नभए पनि मनका धनी भएकाले सबै उपचार निःशुल्क ग¥यौँ ।’

उनले कोभिड– १९ विरुद्ध सफलता प्राप्त गर्ने एक प्रतिशत देशमध्ये नेपाल पनि रहेको बताए । देश अब डिजिटल युगमा प्रवेश गरेको पनि ओलीले बताए । 

३३ करोडको भवन, निर्माणको टुंगो नहुँदै शिलान्यास 
प्रदेश सरकार र प्रशिक्षण प्रतिष्ठानको आधा–आधा लागतमा निर्माण गर्न लागिएको भवनको लागत ३३ करोड २१ लाख छ । अन्डरग्राउन्डसहित चार तलाको भवन ४९६४ वर्गमिटरको हुने सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

भवनमा क्यान्टिन, सभाहल, कक्षा कोठा, कार्यालय गरी ४६ वटा कोठा रहनेछन् । बस्नेतका अनुसार भवन साढे दुई वर्षमा सम्पन्न हुनेछ । तर, भवनको ठेक्का प्रक्रिया नै सुरु भएको छैन । निर्माण कम्पनी छनोट गर्न सूचनासमेत प्रकाशित भएको छैन ।