मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १८:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२३ फागुनमा प्रतिनिधिसभा बैठक : के छ संसद् सचिवालयको तयारी ? (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १६ आइतबार १८:११:००

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठक सञ्चालनको तयारी गरेको छ । आगामी २३ फागुनमा अधिवेशन आश्वानको सिफारिस भएपछि सचिवालयले तयारी थालेको हो । 

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधिसभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कोरोना महामारी विद्यमान रहेको अवस्थामा स्वास्थ्य सतर्कतालाई पनि ध्यान दिइएको उनले बताए । 

कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरूको पनि तयारी गरिएको उनले बताए । उनले भने, ‘सचिवालयका धेरै काममध्ये बैठकको व्यवस्थापन पनि एउटा महत्वपूर्ण काम हो । यसलाई सचिवालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ । विशेषगरी अहिले हामीले विभिन्न आयामबाट हेरेका छौँ । अहिले पनि कोरोना महामारीको अवस्था छँदै छ । त्यसलाई पनि मध्यनजर गर्नुपर्नेछ । प्रशासनिक व्यवस्थापनअन्तर्गत एजेन्डाहरू के–के हुन सक्छन् ? विधेयकहरूको अवस्था कस्तो छ ? कुन कर्मचारी कहाँ खटाउनेलगायतका कुराहरूलाई प्रशासनिक व्यवस्थाअन्तर्गत हामीले काम गरिरहेका छौँ ।’

स्वास्थ्य मापदण्ड पालना गराउँदै सचिवालयको कमी–कमजोरीका कारण कोरोना फैलिन नदिन ध्यानपूर्वक काम गरिरहेको उनले बताए । 

संसद् सचिवालयले विधेयकहरूको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ । समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै धमलाले आवश्यक परे समितिहरूको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको बताए ।