मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७७ फाल्गुण १४ शुक्रबार ०९:१९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्यालयस्तरमा अपराध रोक्न प्रहरीले नयाँ पाठ्यक्रम ल्यायो

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७७ फाल्गुण १४ शुक्रबार ०९:१९:००

विद्यालयस्तरमा हुने अपराधका गतिविधि रोक्न कपिलवस्तु प्रहरीले नयाँ पाठ्यक्रम तयार पारेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देशमै पहिलोपटक विद्यालय–प्रहरी साझेदारीको उद्देश्यका साथ विद्यालयका विद्यार्थीलक्षित पाठ्यक्रम तयार पारेको हो । तयार पारिएको पाठ्यक्रमबारे जानकारी दिन जिल्ला प्रहरीले बिहीबार कपिलवस्तु नगरपालिकाका विद्यालयका प्राधानाध्यापकसँग अन्तर्क्रिया गर्‍यो । 

अन्तर्क्रियाकै क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवराज अधिकारी र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबीच समझदारीपत्रमा हस्ताक्षरसमेत गरियो । समझदारीपत्रमा विद्यालय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत तयार पारिएको पाठ्यक्रमबारे विद्यालयमा सचेतना प्रवाह गर्न दुवै पक्ष सहमत भएको उल्लेख छ ।

पाठ्यक्रममा लागुऔषध दुव्र्यसनी, धूम्रपान, मद्यपान र मादक पदार्थ सेवन, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बालविवाह, बोक्सी आरोप, दाइजो प्रथा, बालबालिकाविरुद्ध हुने अपराध र लैंगिक हिंसाको प्रतिवादका विषय समेटिएका छन् । 

प्रहरीले तयार पारेको सामग्रीले विद्यार्थीलाई प्रविधिको प्रयोगसँगै अन्य कारणबाट हुने अपराध, लागुपदार्थ दुव्र्यसनी र अन्य सामाजिक अपराधबारे समयमै सचेत गराउन मद्दत पुग्ने अन्तर्क्रियामा सहभागी प्रधानाध्यापकले बताए । समाजमा अपराध न्यूनीकरण गर्ने उद्देश्यका साथमा विद्यालयका लागि उपयोगी पाठ्यक्रम निर्माण गरी प्रधानाध्यापकसँग अन्तर्क्रिया गरिएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।