मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण १३ बिहीबार १५:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाकिस्तान र श्रीलंकाले भने– सार्क प्रक्रिया थप सुदृढ गरौँ 

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १३ बिहीबार १५:५५:००

पाकिस्तान र श्रीलंकाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को उद्देश्य र सिद्धान्तप्रति प्रतिबद्धता दोहो¥याउँदै यो क्षेत्रमा जनताको भलाइका निकटता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको श्रीलंका भ्रमणका क्रममा दुई देशले सार्क प्रक्रियालाई थप सुदृढ गर्नुपर्नेमा पनि जोड दिएका छन् । भारत र पाकिस्तानबीचको तनावका कारण सात वर्षयता सार्क शिखर सम्मेलन हुन सकेको छैन । 

‘दुवै पक्षले सार्क बडापत्रको उद्देश्य र सिद्धान्तप्रति प्रतिबद्धतामा पुनः जोड दिएका छन् र सार्क सदस्य मुलुकहरूबीच यो क्षेत्रका जनताको बृहत् भलाइका लागि निकटता बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्,’ पाकिस्तान–श्रीलंका संयुक्त वक्तव्यको बुँदा नम्बर १५ मा भनिएको छ । दुवै पक्षले सार्कका बडापत्रमा आधारित निकायहरूलाई गतिशील बनाउनुपर्नेमा जोड दिएका छन् । पाकिस्तान र श्रीलंकाले क्षेत्रीय समृद्धि हालिस गर्न थप सुदृढ क्षेत्रीय सहकार्यका लागि सार्क प्रक्रिया अघि बढाउन पनि सहमति जनाएको संयुक्त वक्तव्यमा उल्लेख छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खान तथा श्रीलंकाका राष्ट्रपति गोटावा राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेबीच बेग्लाबेग्लै वार्तामा अन्तर्राष्ट्रिय र क्षेत्रीय वातावरणबारे समीक्षा भएको थियो । उनीहरूले यो क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको श्रीलंकाली परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच जम्मु–कस्मिरको विषयमा छलफल नभएको विषयलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकतासाथ प्रकाशन–प्रसारण गरिरहेका छन् । पाकिस्तानले चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)ले प्रदान गरेको अवसरबारे श्रीलंकाली नेतृत्वसँग छलफल गरेका थिए ।

कोभिड– १९को महामारी सुरु भएपछि गत वर्ष मार्चमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका शीर्ष नेताहरूको बैठक आयोजना गरेका थिए । त्यसपछि सार्क शिखर सम्मेलनका लागि सकारात्मक वातावरण बन्ने क्षेत्रीय अपेक्षा रहे पनि पूरा हुन सकेको छैन । यसबीचमा चिकित्सक तथा प्राविधिक तहमा सार्क मुलुकबीच छलफल भइरहेको छ । 

सार्क परराष्ट्र मन्त्रीहरूको अनौपचारिक बैठक भर्चुअल माध्यमबाट भए पनि शिखर सम्मेलनका लागि वातावरण बनेको छैन । बैठकमा नेपालले सार्क शिखर सम्मेलन हुने परिस्थिति बन्छ भने स्थानका बारेमा पुनर्विचार गर्नु उपयुक्त हुने अनौपचारिक प्रस्ताव राखेको थियो । सार्कको १९औँ शिखर सम्मेलन इस्लामाबादमा हुने तय भए पनि भारत र पाकिस्तानको तनावका कारण सम्भव भएको छैन । जम्मु–कस्मिरका विषयमा दुई देशबीच अहिले पनि विवाद घटेको छैन ।