मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ फाल्गुण ११ मंगलबार ०९:३०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

६ महिनामा ५०५ फरार अपराधी पक्राउ

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ११ मंगलबार ०९:३०:००

फैसला कार्यान्वयनअन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीले ६ महिनाभित्र देवानी र फौजदारी मुद्दाका पाँच सय पाँच फरार अपराधीलाई पक्राउ गरेको छ । जिल्ला अदालत सप्तरीको आदेशानुसार जिल्ला प्रहरी कार्यालयले देवानी र फौजदारी मुद्दामा कैद जरिवाना तोकिएका फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।

अभियानअन्तर्गत ७ असोज ०७७ देखि ६ फागुन ०७७ सम्म पाँच सय पाँच फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गराइएको जिल्ला प्रहरी प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिए । यसक्रममा ६५ वर्ष ६ महिना २२ दिन कैद र १२ लाख ७७ हजार सात सय २६ रुपैयाँ जरिवाना असुल गराएको साहले बताए । 

सात महिनामा २ करोड ३४ लाखको सामान बरामद
जिल्ला प्रहरीले कार्यालय सप्तरीले चालू आर्थिक वर्षको सात महिनामा भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ चोरीपैठारी र निकासी गरिएका दुई करोड ३४ लाख १७ हजार पाँच सय ७२ मूल्यबराबरका विभिन्न मालसामान बरामद गरेको छ । 

भन्सार छली ल्याइएका ती मालसामान र त्यसक्रममा पक्राउ परेका ८५ जनालाई भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । भन्सार छलीमा प्रयोग भएका तीनवटा पिकअप भ्यान, ८८ मोटरसाइकल, आठ अटोरिक्सा, दुई टेम्पो र पाँच 
ट्याक्टर पनि भन्सार कार्यालय राजविराज पठाइएको प्रवक्ता साहले जानकारी दिए ।