मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार १५:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वजको वीरगाथाको अनुशरण गरौँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार १५:५२:००

प्रधानमन्त्री केपी ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुशरण गर्न पनि आह्वान गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक गोष्ठी उदघाटन गर्दै बलिदानीपूर्ण, कीर्तिमानी र गौरवपूर्ण इतिहास बोकेको पूर्वजका भावनालाई मनमा राखेर राष्ट्रनिर्माणका काममा अग्रसर हुन सबैलाई आग्रह गरे ।

दृष्टिकोण र जानकारीको कमीका कारण मुलुक र समाज पछि परिरहेको बताउँदै उनले भने, ‘अब मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गरिरहन सकिन्न, हामीले सिर्जनात्मक र रचनात्मक ढंगले नयाँ विचार लगाएर राष्ट्र निर्माणमा अघि बढ्नु जरुरी छ ।’

मुलुकलाई समृद्ध तुल्याउन आफूले गर्नुपर्ने र अरू क्षेत्रबाट गरिने कामका बीच पनि तालमेल मिलाउन, सहयोग गर्न र संयोजन गर्न सरकार तयार रहेको ओलीले बताए । उनले भने, ‘देश बनाउनुपर्छ र बिगार्नुपर्छ भनी विभिन्न विचार बोकेका अभियानकर्मी मात्र होइन, स्वार्थलाई केन्द्रबिन्दुमा राखेर चल्ने पनि सक्रिय छन् । देश बनाउनुपर्छ भनी सोच राख्नेले राष्ट्रका लागि आहुति दिन पनि तयार हुनुपर्छ ।’