Skip This
तस्करीको काठ नियन्त्रणमा लिन चार राउन्ड गोली फायर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o९:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तस्करीको काठ नियन्त्रणमा लिन चार राउन्ड गोली फायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:३७:oo

डिभिजन वन कार्यलयले चिरान काठसहित एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।  गएराति १२ बजेको समयमा रौतहटको बागमती सबडिभिजन कार्यालयअन्तर्गतको वन क्षेत्रबाट तस्करी हुँदै गरेको अवस्थामा बा.१६च २२३३ नम्बरको भ्यान नियन्त्रणमा लिइएको हो । 

सहायक वन अधिकृत अमरदेव यादवको कमान्डमा गएको वन गस्ती टोलीले ४६ थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए । बरामद भएको काठ  ५३.८ क्युफिट रहेको सिंहले जानकारी दिए । 

 

गाडी नियन्त्रणमा लिनका लागि सशस्त्र वन रक्षकले ४ राउन्ड गोलीसमेत चलाउनुपरेको कार्यालय प्रमुख सिंहले जानकारी दिए । काठ तस्करले गाडी नरोकी भगाउन थालेपछि गोली चलाएर गाडी नियन्त्रणमा लिइएको उनको भनाइ छ । तस्कर समूह भने गाडी छाडेर भागेकाे थियाे ।  

ad
ad