प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई अझै पनि फर्किएर पार्टीमा आउन आग्रह गरेका छन् । ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एकताको आह्वान गरेका हुन् । तर, ओलीले प्रचण्ड फर्किने सम्भावना नरहेको बताए ।
समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई कसैले पनि रोक्न नसक्ने ओलीले बताए । आर्थिक, शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको ओलीको दाबी छ ।
प्रचण्ड–नेपाल समूहले पार्टी छाडेपछि मात्रै संवैधानिक आयोगले पूर्णता पाएको ओलीको जिकिर छ ।