मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार ०९:५१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल अक्सन : बिकेनन् सन्दीप लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार ०९:५१:००

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)को सन् २०२१ को सिजनका लागि भएको अक्सनमा ‘अनसोल्ड’ भएका छन् । बिहीबार भएको अक्सनमा उनलाई कुनै पनि टोलीले भित्र्याउने इच्छा देखाएनन् । 

उनी पछिल्लो तीन सिजन दिल्ली क्यापिटल्ससँग आबद्ध थिए । उनलाई दिल्लीले सन् २०१८ को सिजन २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । त्यससँगै उनी आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । उनी त्यसयताको तीन सिजन लगातार दिल्लीसँगै अनुबन्धित थिए । 

सम्झौता सकिएपछि सन्दीप यही सिजनमा दिल्लीबाट बाहिरिएका हुन् । ४० लाख आधार मूल्यसहित अक्सनमा सहभागी भएका उनलाई कुनै पनि टोलीले इच्छा देखाएनन् । यसपटक नेपाल क्रिकेट संघ (क्यान)ले उनीसहित आठ नेपाली खेलाडीलाई आइपिएलको अक्सनमा सिफारिस गरेको थियो । उनीसहित शरद भेषवाकर, विनोद भण्डारी, करण केसी, कुशल मल्ल, सोमपाल कामी, अभिनाश बोहोरा र दीपेन्द्रसिंह ऐरी सिफारिसमा परेका थिए ।

यद्यपि, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले सन्दीपलाई मात्रै अक्सनमा समावेश गरेको थियो । सन्दीपले दिल्ली क्यापिटल्सबाट सन् २०१८ र २०१९ को दुई सिजनमा मात्रै खेल्ने अवसर पाएका थिए । उनले यी दुई सिजनमा नौ खेलबाट १३ विकेट लिएका थिए ।