मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण ५ बुधबार ०७:१९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बैतडीमा कांग्रेसको सभामा ढुंगामुढा

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ५ बुधबार ०७:१९:००

बैतडीको डिलासैनीमा कांग्रेसको कार्यक्रममा ढुंगामुढा प्रहार भएको छ । डिलासैनी गाउँपालिकाको अस्थायी केन्द्र पङ्सेरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा ढुंगामुढा भएपछि आधा दर्जन कार्यकर्ता घाइते भएका छन् भने कार्यक्रम बिथोलिएको छ । ढुंगा प्रहारबाट कांग्रेस नेता एनपी साउदको दायाँ हातमा समेत चोट लागेको स्थानीय राकेश बोहराले बताए ।

कार्यक्रम सुरु भएको केही समयपछि मञ्चमा स्थानीय जयराज जोशीले पालिकाको केन्द्रबारे बोल्दै गर्दा मञ्चमै ढुंगा प्रहार भएको थियो । त्यसपछि भागभाग हुँदा कार्यक्रम बिथोलिएको कांग्रेसका स्थानीय कार्यकर्ता बोहराले बताए । डिलासैनी गाउँपालिकाको केन्द्रबारे लामो समयदेखि विवाद देखिएको छ । गाउँपालिकाले डिलासैनी– ३ को पंसेरामा केन्द्र राख्ने निर्णय गरेको छ भने स्थानीयको एक समूहले वडा नं. ७ को थामीगाउँमा राख्नुपर्ने बताउँदै आएका छन् । 

वडा नंं. ३ मा आयोजना गरिएको कार्यक्रममा पालिकाको केन्द्र वडा नं. ७ मा राख्नुपर्ने कुरा बोलेपछि ढुंगा प्रहार भएको हो । ढुंगा कसले प्रहार ग¥यो भन्ने खुलेको छैन । नेकपाका स्थानीय कार्यकर्ताले ढुंगा हानेको आरोप कांग्रेसले लगाएको छ । उक्त घटनाको खबर आउनेबित्तिकै बैतडीका प्रहरी प्रमुख नारायण अधिकारी आफैँ घटनास्थल गएका थिए ।

कार्यक्रममा प्रहरीको उपस्थिति भएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी जनक धामीले बताए । कार्यक्रममा कांग्रेस नेता एनपी साउद, डिला संग्रौलालगायतको उपस्थितिमा डिलासैनीमा संसद् विघटनविरुद्ध कार्यक्रम आयोजना गरिएको थियो । उक्त घटनापछि कार्यक्रम बिथोलिए पनि फेरि सञ्चालन गरेर समापन गरिएको छ ।