नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।
खनाल नियमित स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान दिल्ली गएका हुन्। दिल्लीको अपोलो अस्पतालमा उनको उपचार हुने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
खनाल दिल्लीमा चार दिन रहनेछन् । लामो समयदेखि बिरामी रहेका उनको उपचारका लागि दिल्ली गइरहनुपर्ने भए पनि कोरोना महामारीका कारण उनी जान नपाएको र अहिले सहज भएपछि गएको रिजालले जानकारी दिए । दिल्लीमा खनालले कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम नरहेको रिजालले बताए ।