१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ३० शुक्रबार
  • Sunday, 06 July, 2025
साेनी राई सोलुखुम्बु
२o७७ माघ ३० शुक्रबार १o:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बुकाे फोर्चेमा आगलागी, चार करोडबराबरको क्षति

Read Time : < 1 मिनेट
साेनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o७७ माघ ३० शुक्रबार १o:२९:oo

सोलुखुम्बुको फोर्चेमा आगलागी हुँदा करिब चार करोडबराबरको क्षति भएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ फोर्चेस्थित निमाकर्मा शेर्पाको दुईतले घरमा आगलागी हुँदा तीन करोड ९३ लाख १५ हजारबराबरको क्षति भएको हो । 

बिहीबार दिउँसो २ बजेतिर आगलागी भएको थियो ।  ढुंगामाटो र काठले बनेको दुईतले घर जल्दा अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित ३५ तोला सुना, एक सय तोला चाँदी, जिमाला, तामाले बनेको सुनको जलप भएको गुरुमूर्ति तीन थान, लामा पुस्तक १० थान, सात लाख नगद जलेको प्रहरीको मुचुल्कामा उल्लेख छ । आगलागीमा मानवीय क्षति भने भएको छैन । 

प्रहरी चौकी खुम्जुङबाट खटिएका प्रहरी र स्थानीयको संयुक्त प्रयासमा साँझ ७ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।