१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २० बिहीबार o९:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामेछापमा घट्यो तोरी उत्पादन

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२२:oo

रामेछापमा विगतको वर्षमा भन्दा यस वर्ष हिउँदमा लगाइने तोरी उत्पादनमा गिरावट आएको छ ।  रामेछापमा हिउँदको समयमा वर्षात नभएपछि तोरी उत्पादनमा गिरावट आएको हो ।

जिल्लाको रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखुतामाकोसी गाउँपालिका, मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिकामा किसानहरूले विशेषगरी तोरी खेती गर्दै आएका छन् ।

किसानले बारी तथा खेतमा लगाएको तोरीबाट तेल पेलेर घरमा उपभोग गर्दै आएको भए तापनि यस वर्ष भने उत्पादनमा गिरावट आएसँगै सबै किसानहरू निराश बन्न पुगेको रामेछाप नगरपालिका– ७ सुकाजोरका किसान रूपा कार्कीले जानकारी दिइन् । 

गएको वर्ष हिउँदमा पनि समयमा पानी परेकाले तोरी उत्पादन राम्रो भएको थियो । यस वर्ष हिउँदमा पानी नै परेन । पाखो बारी तथा पाखे खेतमा लगाएको तोरी बालीमा सिँचाइ गर्ने पानी नभएकै कारण पानी लगाउन सकिएन् ।

पानी नभएकै कारण यस वर्षको तोरीको बाेटमा दाना नै  लागेन । पाखो बारीमा त पानी अभाव भएकै कारण कतिपय किसानको तोरी बारीमा नै सुकेको रामेछाप नगरपालिकाका कृषि प्राविधिक कृष्ण भुजेलले जानकारी दिए । 


 

ad
ad