मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ २९ बिहीबार ०८:५४:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

कोरोना भाइरसबाट बेलायतमा मंगलबार एक हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ माघ २९ बिहीबार ०८:५४:००

बेलायतमा केही महिनाअघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही सातामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन । यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिनापछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घन्टामा थप एक हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १३ हजार आठ सय ५० जना पुगेको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढिरहेका समाचार आइरहेका छन् । मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेको तुलनामा केही कमी देखिए पनि उल्लेखनीय रूपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार गत २४ घन्टामा १२ हजार तीन सय ६४ जना संक्रमित थपिएका छन् । 

सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार एक सय ४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त अर्को एक समाचारमा मंगलबारसम्मको तथ्यांकमा एक करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ ।