मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १ बुधबार
  • Wednesday, 14 April, 2021
२०७७ माघ २८ बुधबार २०:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकतन्त्रलाई समाप्त गरेर गरिने चुनावको कुनै अर्थ छैन : उपेन्द्र यादव

Read Time : > 1 मिनेट
२०७७ माघ २८ बुधबार २०:१५:००

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई समाप्त गरेर गरिने चुनावको कुनै अर्थ नभएको बताएका छन् । बुधबार महदेवा गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘प्रधानमन्त्री केपी ओलीले संविधानको उल्लंघन गरेका छन् । जिम्मेवार पार्टीले लोकतन्त्र बचाउन संघर्ष गर्नुको कुनै विकल्प छैन । लोकतन्त्रमा समयमा चुनाव हुन्छ नै । तर, जसलाई जतिखेर मन लाग्यो, त्यति नै वेला चुनाव हुन सक्दैन ।’ 

अहिले चुनाव गर्न ३१ अर्ब रुपैयाँ चाहिने र सबै विकास अवरुद्ध हुने उनले बताए । केपी ओली यो कदममा सफल भए देशमा नयाँ तानाशाही व्यवस्था कायम हुने अध्यक्ष यादवले बताए । ‘केपी ओलीको असंवैधानिक कदमको बर्खास्ती गर्नुपर्छ । केपी ओलीसँग चुनाव गराउने क्षमता र इच्छा दुवै छैन । देशलाई अन्धकारमा धकेल्न खोज्दै छन्,’ यादवले भने, ‘नयाँ सरकार गठन भएपछि सारा जनता आशा र आकांक्षा केपी ओली सरकारले चकनाचुर ग¥यो ।’

संविधानमा भएको विभेदकारी प्रावधान सुध्र्राने सहमति भएपछि आफूहरू सरकारमा गए पनि व्यवहार उल्टो भएको कारण फिर्ता भएको उनले बताए । यादवले भने, ‘केपी ओली सरकारले मौलिक हकमा गरिएको व्यवस्था कार्यान्वयन गर्न ल्याएको कानुन विभेदकारी छ । लाखौँ जन्मसिद्ध नागरिकतासम्बन्धी ऐन रोकेर विभेद गर्ने प्रयास भएको छ । भारतसँग वैवाहिक सम्बन्ध तोड्नका लागि यो ऐन ल्याएको छ । कोही पनि व्यक्ति आफनो छोरीलाई सात वर्षसम्म अनागरिक बनाउने व्यवस्था भएको देशमा विवाह गर्दैनन् ।’

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र लेखिए पनि त्यसलाई उल्टाएर ओली सरकारले त्यो नलेख्ने व्यवस्था गरेको स्मरण गराउँदै यादवले संवैधानिक निकायमा असंवैधानिक रूपमा आफ्ना मान्छे नियुक्त गरेको बताए । 

उनले भने, ‘केपी ओलीको सरकार बनेदेखि मधेस आन्दोलन, जनआन्दोलनलगायत आदिवासी जनजातिको आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त गर्न खोजेको छ । गणतन्त्र, लोकतन्त्र, समावेशिता र धर्मनिरपेक्षतालाई संस्थागत गर्नुको सट्टा ती अधिकार खोस्ने प्रयास गरेको छ ।’ यादवले केपी ओलीको कदमले प्रतिगामी शक्ति जुर्मुराएको दाबी गरे ।