१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २३ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २३ शुक्रबार २o:४६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दिल तामाङको सेलो ‘जुवा त खेल्ने’ युट्युबमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २३ शुक्रबार २o:४६:oo

गायक दिल तामाङ र गायिका निर्मला घिसिङको स्वर रहेको ‘जुवा त खेल्ने–२ (मालिंगो)’ गीतको भिडियो सार्वजनिक भएको छ । सेलो भाकामा आधारित सो गीतको भिडियो शुक्रबार युट्युबमार्पmत रिलिज गरिएको हो । 

गायक तामाङकै शब्द रहेको गीतमा चन्द्रकुमार दोङले संगीत भरेका छन् । पवन सुस्लिङको सम्पादन/छायांकन रहेको भिडियो निर्मलकुमार लामाले निर्देशन गरेका हुन् । भिडियोमा भीमफेदी गाइजका कलाकार निरान्जली लामा र निर्मल तामाङलगायतको रोमान्स छ ।

सोही टिमले करिब अढाइ वर्षअघि तामाङ सेलाे गीत ‘जुवा त खेल्ने’ युट्युबमा रिलिज गरेका थिए । ‘तामाङ सेलो शैलीमा बजारमा आएका गीत सबैको रोजाइमा पर्छ भन्ने विश्वास छ,’ गायक तामाङले भने । गीत/संगीतमा फरक र नौलो शैली रुचाउने गायक तामाङको झन्डै एक दशकअघि आएको ‘म त नेपाली ठिटो, बोली वचन मीठो’ गीतले चर्चा पाएको थियो ।