१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एसएमईलाई ऋण सहजीकरण गर्न महासंघ र बैंकर्स एसोसिएसनबीच सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४९:oo

घरेलु तथा साना उद्योगहरूलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एसोसिएसनबीच सहमति भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालबीच महासंघको सचिवालयमा सहमति भएको हो ।

एसएमईहरूलाई ऋण सहजीकरणदेखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको एउटा कार्यदल गठन गर्ने र बिस्तारै प्रदेश तथा जिल्लास्तरमा पनि विस्तार गरिने छलफल भएको छ । यसका लागि दुवै संस्थाबीच छिट्टै एक सहमतिपत्रमा हस्ताक्षर गरी अगाडि बढ्ने सहमति भएको बताइएको छ । 

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतको नेतृत्वमा माघ २० गते बसेको पहिलो बैठकले एसएमईहरूलाई लगानी सहजीकरणका लागि बैंकर्स संघ र नेपाल राष्ट्र बैंकसँग सहजीकरण गर्ने निर्णयअनुसार उक्त भेटवार्ता भएको हो । 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेजहरू कतिपय जिल्लामा लागू गर्न बैंकहरू अनिच्छुक देखिएको गुनासो महासंघको आएको थियो । दुवै संस्थाबाट भएको प्रतिबद्धताबाट समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ । 

राष्ट्र बैंकको सर्वेक्षणको प्रतिवेदन २०७७ अनुसार कोभिडको समय असारसम्म ६३.६ प्रतिशत सञ्चालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगहरूमा १३.०१ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेका छैनन् । नेपाल राष्ट्र बैंकद्वारा गरिएको अर्को अध्ययनअनुसार नया“ व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाहरूमा १६ प्रतिशतको मात्रै पह“ुच रहने गरेको छ । निर्यात प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट निकासी हुने सामग्रीको ४२ प्रतिशत अंश घरेलु, मझौला र साना उद्योगहरूको रहेको छ । 

ad
ad