टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । अभियानका विजेता काठमाडौं कुसुन्तीका अनिल प्रधान भएका हुन् ।
टिभिएसका स्टिकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एन्ड बिजनेस डेभलपमेन्ट दीपकप्रसाद रौनियारले टिभिएस जेस्ट स्कुटरको चाबी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । अभियान भाइबरसँगको सहकार्यमा १९ अक्टोबर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको जनाइएको छ ।
अभियानमा ग्राहकले भाइबरमा टिभिएस दसैँको आशा नामक स्टिकर डाउनलोड गरेर नयाँ टिभिएस जेस्ट स्कुटर सक्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट जनरल म्यानेजर दीपकप्रसाद रौनियारले टिभिएस ब्रान्डसँग सम्बद्ध ग्राहकलाई डिजिटल रूपमा संलग्न गराउनुका साथै उनीहरूको जीवनमा रमाइलो र उत्साह प्रदान गर्न टिभिएससँग सहकार्य गरेको बताए ।