१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आमहडतालमा पनि  नेप्से सर्वाधिक उचाइमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४५:oo

आमहडतालका कारण लगानीकर्ता मनोवैज्ञानिक प्रभावमै रहे पनि बजारले फेरि पनि ऐतिहासिक उचाइ छोएको छ । नेप्से साताको अन्तिम दिन बिहीबार २ हजार ४ सय ७५ बिन्दुमा पुगेको हो । केही दिनअघि मात्रै नेप्से २ हजार ४ सय ७४ बिन्दुनजिक पुगेर घटेको थियो । 

मुलुकको राजनीतिक घटनाक्रमले एकाध दिन मात्र बजारमा प्रभाव पर्ने यसअघिदेखिको प्रवृत्तिलाई यसपटक पनि दोहोर्‍याएको छ । यद्यपि, हालसम्मकै उच्च बिन्दुमा आइपुगेका कारण बजारमा देखिएको दबाब भने कायम रहनेछ । विशेषतः तरलताले बजारलाई टेवा पुगिरहेकाले पनि दबाब रहने भएको हो । 

कारोबारका क्रममा वृद्धि भएका १ सय ३१ धितोपत्र तथा ऋणपत्रमा ७९ वटाको मूल्य ३ प्रतिशतभन्दा कमले वृद्धि भएको छ । ५९ वटाको मूल्य भने घटेको छ । बजारमा बुलिस प्रवृत्ति केही समयदेखि नै कमजोर देखिएको छ । बजार घट्नेभन्दा पनि साइडवेज मुभमेन्टमा केही समय जाने देखिन्छ । 

नेप्सेको रेखाचित्रले भने यही प्रवृत्तिबीच ‘उल्टो हेड एन्ड सोल्जर’ आकृति लगभग पूरा गरेको छ । यसो भएमा भने बजार थप बढ्ने विश्लेषण गरिन्छ । बजार उच्च बिन्दुमा हुँदा लगानीकर्ताको मनोविज्ञानले नै काम गर्ने हो । मनोविज्ञानमा तीव्रता आउने भएकाले संकेतहरूले पूर्ण रूपमा काम भने नगर्न सक्छ । 

कारोबार रकम केही घटे पनि उच्च नै छ । यस दिन बजारमा ७ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको हो । कारोबारमा आएकामध्ये बैंक, होटेल, विकास बैंक, वित्त कम्पनी, जीवन बिमा र सामूहिक लगानी कोष समूहगत परिसूचक घटेका छन् । 

सूचीकरणपछि २३ दिनमा ९ सय ७० सम्म पुगेको प्रभु लाइफ इन्स्योरेन्सको बिहीबार भने सेयर मूल्य घटेको छ । ५ दिनअघिबाट पर्याप्त सेयर बिक्रीमा आउन थालेको कम्पनीमा त्यसयता नै लगानीकर्ताले १६ प्रतिशत प्रतिफल पाएका छन् । ५ दिनअघि कम्पनीको सेयर ७ सय ६४ रुपैयाँमा किनबेच भएको थियो ।   

सूर्योदय, समिटलगायतका लघुवित्तको मूल्य बढेर सर्किट ब्रेक लागेको छ । कारोबार रकमका आधारमा भने नेपाल पुनर्बिमा, डिप्रोक्स लघुवित्त, ग्लोबल आइएमई, नेपाल लाइफलगायत अग्रस्थानमा छन् । यी कम्पनीको २० देखि २७ करोड रुपैयाँसम्म सेयर कारोबार भएको हो ।

ad
ad