१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
देवेन्द्र कार्की
२०७५ माघ २९ मंगलबार ११:१८:००
Read Time : < 1 मिनेट
खेलकुद

पुलिस र संकटा सेमिफाइनलमा

Read Time : < 1 मिनेट
देवेन्द्र कार्की
२०७५ माघ २९ मंगलबार ११:१८:००

नेपाल पुलिस क्लब २१औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरानमा सोमबार सम्पन्न खेलमा पुलिसले सहारा क्लब पोखरालाई सडनडेथमा ४–३ ले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । 

अञ्जानको प्रहार क्रसबारमा 
टाइब्रेकरमा ३–३ को बराबरी भएपछि सडनडेथबाट नतिजा पुलिसको पक्षमा गएको हो । टाइब्रेकरमा पुलिसका देवेन्द्र तामाङ, सुमन सुवेदी, अजित भण्डारीले गोल गरे । सहाराका  विश्व अधिकारी, विनोद गुरुङ, जनक कार्कीले गोल गर्दै टाइब्रेकर रोमाञ्चक बनाए । सडनडेथमा पुलिसका भरत साहले गोल गरे । तर, सहाराका अञ्जान देवकोटाको प्रहार क्रसबारमा ठोक्किएपछि पुलिसको भाग्य चम्किएको थियो । 

पुलिसको अग्रता
खेलको ३३औँ मिनेटमा नीरकुमार राईले  पुलिसलाई १–० को अग्रता दिलाए । खेलको ८४औँ मिनेटमा सहाराले पेनाल्टी गोल गर्दै खेलाई १–१ को बराबरीमा पु¥यायो । सहाराका विश्व अधिकारीले पेनाल्टी गोल गरेका हुन् । पुलिसका डिफेन्डर अजित अधिकारीले डिबक्समा ह्यान्ड गरेपछि सहाराले पेनाल्टी पाएको थियो । खेलको ४४औँ मिनेटमा पुलिसका नीरकुमारले डिबक्सभित्र प्रहार गरेको बल क्रसबारनजिकबाट गोलरक्षकले बचाए । 

संकटा विजयी
पर्याप्त प्रकाश नभएपछि बराबरी अवस्थामा स्थगित उद्घाटन खेल सोमबार पुनः सञ्चालन हुँदा संकटा क्लब विजयी भयो । संकटाले सडनडेथमा मेची नेत्रालय झापालाई हराउँदै अन्तिम चार स्थान पक्का गरेको हो । झापाका दिलेन लोक्ताम सडनडेथमा गोल गर्न चुकेपछि संकटाको भाग्य चम्केको हो । लोक्तामको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले रोकेका थिए ।