१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस/एएफपी फ्रान्कफर्ट
२o८१ बैशाख ३१ सोमबार १४:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

सिमेन्स इनर्जीले ग्यास र विद्युत् ऊर्जा क्षेत्रमा कार्यरत सात हजार आठ सय कर्मचारी कटौती गर्ने

Read Time : < 1 मिनेट
रासस/एएफपी फ्रान्कफर्ट
नयाँ पत्रिका फ्रान्कफर्ट
२o८१ बैशाख ३१ सोमबार १४:१२:oo

जर्मनीको सिमेन्स इनर्जीले आगामी चार वर्षभित्र सात हजार आठ सय  कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । विश्वभर तीव्र रूपमा परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती गर्नुपरेको कम्पनीले जनाएको छ । 

दीर्घकालीन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखिएको कम्पनीको भनाइ छ । कम्पनीले ग्यास र विद्युत् ऊर्जा क्षेत्रमा कार्यरत कर्मचारी हटाउने तयारी गरेको छ । सिमेन्समा हाल विश्वभर करिब ९० हजार व्यक्ति कार्यरत छन् । प्रस्तावअनुसार जर्मनीमा तीन हजार, संयुक्त राज्य अमेरिकामा एक हजार सात सय र अन्य स्थानमा कार्यरत तीन हजार एक सय व्यक्ति रोजगारी कटौतीमा पर्नेछन् । 

सन् २०२५ को वित्तीय वर्षबाट कटौतीमा पर्ने कर्मचारीहरूमध्ये मुख्यगरी व्यवस्थापन, प्रशासन र बिक्रीतर्फका रहेका छन् ।
 

ad
ad