१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ १९ सोमबार १०:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाको बैठक फागुन १ गतेसम्मका लागि स्थगित

Read Time : < 1 मिनेट
२०७७ माघ १९ सोमबार १०:४९:००

बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गतेसम्मका लागि स्थगन भएको छ । सोमबार  दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । 

प्रदेश सभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । माघ ९ गते बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो । 

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ । बागमती प्रदेश सभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् । रासस