१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ १८ आइतबार २०:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड–माधवलाई बाबुराम भट्टराईको सुझाब– खुट्टा नकमाई केपी ओलीसँग सम्बन्धविच्छेद गर्नुहोस् 

Read Time : > 1 मिनेट
२०७७ माघ १८ आइतबार २०:३३:००

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओलीको भष्मासुरे प्रवृत्ति अन्त्यका लागि खुट्टा नकमाई अघि बढ्न प्रचण्ड–माधव पक्षलाई आग्रह गरेका छन् । आइतबार रोल्पा आएका भट्टराईले अझै अर्कै खालको भष्मासुर पो हो कि भनेर उदार नहुन र ओलीसँग तत्काल सम्बन्धविच्छेद गर्न उनले सुझाब दिए । 

सम्बन्धविच्छेद नगरेर आन्दोलन गर्दा जसपा र कांग्रेसलाई समेत सहकार्य गर्न असहज भएको उनको भनाइ छ । ‘केपी ओलीसँग सम्बन्धविच्छेद नगरेर कसरी सहकार्य गर्न सकिन्छ, चुनाव चिह्न, नाम सबै एउटै लिएर हिँड्नुभएको छ, कसरी सहकार्य गर्ने ?’ भट्टराईले प्रश्न गरे । प्रचण्ड–माधव पक्ष ओलीसँग अलग भए कांग्रेस, जसपा, अन्य समूह र नागरिक समाज सबैको मोर्चाबन्दी गरेर प्रतिनिधिसभा विघटनविरुद्ध जान सकिने उनले बताए ।

पहिले संविधानलाई ट्र्याकमा ल्याऔँ
भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना र संविधानलाई ट्र्याकमा नल्याउँदासम्म अन्य कुराको परिकल्पना गर्न नसकिने बताए । ‘अहिलेसम्मको उपलब्धिको रक्षाका लागि मिलेर अगाडि बढेर प्रतिनिधिसभा पुनस्र्थापना गर्ने र संविधानलाई ट्र्याकमा ल्याएर चुनाव गराउने, त्यसपछि सुशासन कायम गर्दै मुलुकलाई समृद्धिको सुल्टो बाटोमा डो¥याऔँ,’ भट्टराईले भने । 

केपी ओली गणतन्त्र, संघीयता र परिवर्तनको पक्षमा कहिल्यै नभएको उनको टिप्पणी छ । नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट आएको संसद् र संविधानको नै हत्या गरेर नयाँ वादशाह बन्न खोजेको भन्दै भट्टराईले केपी ओलीजस्तो भष्मासुर बढारिने र नेपालको संविधान र लोकतन्त्र ट्र्याकमा आउने दाबी गरे ।

परिवर्तनमा जनयुद्धको ठूलो योगदान
जनयुद्धकालीन समयमा रोल्पामा लामो समय बसेको स्मरण गर्दै नेता भट्टराईले तत्कालीन सात दल र नेकपाबीचको १२बुँदे समझदारीको ड्राफ्ट रोल्पामै भएको दाबी गरे । उनले भने, ‘रोल्पाकै लोसेबाङमा २०६२ सालको कात्तिकमा १२बुँदेको ड्राफ्ट गरेका हौँ, पछि गिरिजाप्रसाद कोइरालाले म रोल्पा आउन सक्दिनँ, रोल्पा त्यति सुरक्षित पनि हुँदैन, बरु सुरक्षा अपनाएर भारततिर आउनुस्, उतै समझदारी गरौँला भन्नुभएकोले मात्र भारतमा समझदारी भएको हो ।’ 

हावामा दिल्लीमा सम्झौता भएको र माओवादी नेताहरू भारतमै बस्ने गरेको गोयबल्स शैलीको प्रचार गरिएको भन्दै उनले रोष प्रकट गरे । भट्टराईले जनयुद्धको जगमा नै शान्ति सम्झौताअनुसार गणतन्त्र र संघीयता आएको बताउँदै त्यसको प्रमुख श्रेय माओवादी जनयुद्ध भएको दाबी गरे । 

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय प्रणालीमा जानुपर्नेमा उनको जोड थियो । रोल्पा उद्योग वाणिज्य संघले आइतबार लिबाङमा आयोजना गरेको आर्थिक समृद्धिका विषयमा गरिएको अन्तत्र्रिmयामा भाग लिन डा. भट्टराईसहित पूर्वसांसद नवराज सुवेदी रोल्पा आएका थिए ।