१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ माघ १७ शनिबार १३:१२:००
Read Time : < 1 मिनेट
खेलकुद

प्रधानमन्त्री कप फाइनल : उपाधिका लागि आर्मीद्वारा एपिएफलाई २१२ रनको लक्ष्य

Read Time : < 1 मिनेट
२०७७ माघ १७ शनिबार १३:१२:००

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपिएफसामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाएर २११ रनको योगफल तय गरेको हो । 

आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रनको योगदान दिए । उसले आफ्नो इनिङमा ६ चौका प्रहार गरे । यस्तै, राजेश पुलामीले २८ र लोकेश बमले १५ रनको योगदान दिए । लोकेशल ९ बलमा दुई छक्का प्रहार गरे । शाहब आलम २५ रनमा अविजित रहे । १४ बल खेलेका उनले एक छक्का र दुई चौका प्रहार गरे । ओपनिङ ब्याट्सम्यानका रूपमा मैदानमा आएका सुशन भारीसहित रोहित पौडेलले समान १३ रनको योगदान दिए । अनिल मण्डल र विक्रम सोबले पनि समान ११ रन जोडे । 

एपिएफका अभिनास बोहोरा एक्लैले चार विकेट लिएका छन् । अभिनासले हरि, अनिल, भीम सार्की, लोकेशजस्ता ब्याट्सम्यानलाई आउट गराएका हुन् । १० ओभर बलिङ गरेका अभिनासले दुई मेडन निकाल्दै २५ रन खर्चिए । उनीबाहेक किशोर महतोले दुई विकेट लिए। कमल सिंह ऐरी, भुवन कार्की र कप्तान शरद भेषावकरको नाममा एक–एक विकेट रह्यो ।