Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ १३ मंगलबार २०:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाबाट उम्मेदवार हुन र सूर्य चिह्नबाट चुनाव लड्न केपी ओलीकै हस्ताक्षर चाहिन्छ : ईश्वर पोखरेल 

Read Time : < 1 मिनेट
२०७७ माघ १३ मंगलबार २०:३९:००

उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचन आयोगले नेकपा फुटको विरुद्धमा निर्णय गरेको व्याख्या गर्दै नेकपाबाट उम्मेदवार हुन र सूर्य चिह्नबाट चुनाव लड्न नेकपाको प्रथम अध्यक्ष केपी ओलीकै हस्ताक्षर चाहिने दाबी गरेका छन् । राजविराज रंगशालामा मंगलबार आयोजित आफूपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालकै कारण पार्टीमा अहिलेको अवस्था आएको दाबी गरे । 

महाधिवेशन नहुन्जेल दुई अध्यक्षको व्यवस्था र पाँच वर्षसम्म अध्यक्ष ओलीको नेतृत्वमा स्थिर सरकार रहने सहमति तोडेकाले समस्या आएको उनको दाबी छ । ‘एक प्रदेश–एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने सरकारको नीतिअन्तर्गत प्रदेश २ को राजविराजमा बन्ने ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को शिलान्यास गर्न चाँडै प्रधानमन्त्री ओली आउने पनि जानकारी दिए । 

सहरी विकासमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रभु साहले माओवादीको नाम, पहिचान, चुनाव चिह्न, जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारको एजेन्डा प्रचण्डले बिक्री गरिसकेको बताए । अध्यक्ष र प्रधानमन्त्री पदका लागि एक–एक गरेर सहयोद्धाहरू बिर्संदै जाने, घाइते जनमुक्ति सेनाको रकम भ्रष्टाचार गर्ने, असली माओवादी हुन नसक्ने भन्दै साहले जनमुक्ति सेना र माओवादीको एजेन्डा वर्तमान सरकारले पूरा गर्ने विश्वास दिलाए । 

उपप्रधानमन्त्री पोखरेलसहितका मन्त्रीहरूलाई रूपनी बजारमा जसपाका कार्यकर्ताले कालो झन्डा देखाएका थिए । कार्यक्रमका लागि जिल्लाभर उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।