१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन प्यासी काठमाडौं
२०७७ माघ १२ सोमबार १६:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बृहत् नागरिक समाजको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जनौँ अभियन्ता घाइते 

Read Time : < 1 मिनेट
नवीन प्यासी, काठमाडौं
२०७७ माघ १२ सोमबार १६:२१:००

बृहत् नागरिक समाजको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ ।  लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट  नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेशलगायत दर्जनौँ अभियन्ता घाइते भएका छन् । 

फोटोपत्रकार नरेश श्रेष्ठ पनि घाइते भएका छन् । निर्घ, संघर्ष र  स्वर्णिम सख्त घाइते भएका छन् । निर्घको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र संघर्ष र  स्वर्णिमको मोडल अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठ र थारुको हिमाल अस्पतालमा उपचार भइरहेको छ ।

अभियान्ताहरू कमलपोखरी हुँदै बालुवाटार पुगेका थिए ।  भाटभटेनी पुगेर  बृहत् नागरिक समाजका अभियन्ताहरूले कोणसभा गरेपछि सुरक्षा घेरा तोडेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

सरकारको गैरसंवैधानिक कदमविरुद्ध डा. गोविन्द केसी, खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती, राजन मुकारुङ, मोहना अन्सारी, दयाहाङ राईलगायत नागरिक समाजका अगुवाहरूले अगुवाइ गरेका हुन् ।

तस्बिर : दीपेन्द्र ढुंगाना