१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ माघ ११ आइतबार ०९:४४:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

चार प्रदेशका कानुनमन्त्रीद्वारा लुम्बिनी अवलोकन

Read Time : < 1 मिनेट
२०७७ माघ ११ आइतबार ०९:४४:००

चार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । शनिबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले लुम्बिनीको अवलोकन भ्रमण गरेका हुन् । 

भ्रमणका क्रममा मन्त्रीहरूलाई लुम्बिनी विकास कोषले एक औपचारिक कार्यक्रमसहित लुम्बिनीबारे ब्रिफिङ गरेको थियो । कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले लुम्बिनी राष्ट्रको बहुमूल्य सम्पत्ति भएकाले यसको विकासमा सबै प्रदेशले हातेमालो गर्नुपर्ने बताए । सगरमाथा र पशुपतिनाथसँगै लुम्बिनी पनि राष्ट्रको बहुमूल्य सम्पत्ति भएको उनको भनाइ थियो । 

कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले लुम्बिनीबाट कर्णाली प्रदेश हुँदै मानसरोवरसम्मको पर्यटकीय गन्तव्य निर्माण गरेर अघि बढ्नुपर्ने बताए । गौतमबुद्धलाई सबैले स्वीकार गर्ने गरी शान्तिका दूतका रूपमा संसारभर प्रचार गरिनुपर्नेमा उनले जोड दिए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्यले लुम्बिनी गुरुयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जानकारी गराएका थिए । 

२० प्रतिशत काम सम्पन्न गर्न ग्लोबल टेन्डर आह्वान गर्ने गरी प्रक्रिया अघि बढेको उनले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान, सातवटै प्रदेशका सचिव तथा महान्यायाधिवक्ता तथा प्रतिनिधिको उपस्थिति थियो ।