१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १० शनिबार १८:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आइतबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १० शनिबार १८:२७:००

संसद् विघटनविरुद्ध राजनीतिक, संवैधानिक र कानूनीरुपमा प्रतिवादमा उत्रेको नेकपाको  पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । शुक्रवार काठमाडौंमा भएको शक्ति प्रदर्शनको समीक्षा, आन्दोलनका आगामी कार्यक्रमको तयारी र संगठनात्मक जिम्मेवारी बाँडफाँडलगायतका विषयमा छलफल गर्न बैठक बस्न थालेको हो । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिए । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी सदस्यहरूबीचमा पार्टीको ९ पुसको विरोधसभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको उनले बताए ।
 

आइतबार थप एजेन्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने उनले जानकारी दिए ।