मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ माघ १० शनिबार १६:२६:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

सामाजिक सञ्जालमा नअल्मलिँदा तपाईंमा तत्काल देखिन्छ यस्ता १० परिवर्तन 

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ माघ १० शनिबार १६:२६:००

सामाजिक सञ्जाल परिवार, साथीभाइ, आफन्त, नातागोता, सहयोगी र प्रेमीप्रेमिकासँग निरन्तर सम्पर्कमा रहने एउटा छुट्याउनै नसकिने माध्यम बनिसकेको छ । तर, दुर्भाग्यवश पछिल्लो समयमा अधिकांश मानिसले सामाजिक सञ्जाललाई लाइक बढाउने टुल्स, फोटो र भावना सेयर गर्ने माध्यम र खाएको खानाको फोटो देखाउने भित्तोका रूपमा प्रयोग गर्न थालेको छ । सामाजिक मिडियालाई यसरी असामाजिक बनाइँदा मानिसहरूले आफ्ना परिवार, पेसा रोजगारी र अन्य करिअर विकासमा गर्नैपर्ने काम भने छाडिरहेका छन् । यहाँ यस्ता १० परिवर्तका बारेमा चर्चा गरिएको छ जुन सामाजिक सञ्जालबाट बाहिरिएपछि मात्रै प्राप्त हुन्छ । 

१०. समयमै धेरै काम पूरा हुन्छ
तपाईंको डिभाइसमा भएका सामाजिक सञ्जालका खाता लगआउट गरेर जुन दिन काम गर्नुहुन्छ, त्यसै दिनको परिणाम हेर्नुहोस्, कति चाँडै सकिन्छ । यस्ता सामाजिक सञ्जालले तपाईंलाई आफ्नै काम गर्नबाट वञ्चित गरिरहेको छ । जसले मानिसको दैनिकी नै बिगारिदिएको छ ।

९. आफूप्रति अझै विश्वास बढ्छ 
सामाजिक सञ्जाल, विषेशगरी फेसबुकका प्रयोगकर्ताहरू हरेक सेकन्ड फेसबुकमा ‘अझै ताजा विषय’को खोजीमा रहन्छन् । तर, यस्ता खोजीबाट प्रयोगकर्ताले नैराश्यता, तनाव र दिग्दारबाहेक केही पनि पाउँदैनन् । यसरी आफैँलाई क्षति गर्ने विषयको घन्टौँ खोजी गर्नुभन्दा आफँैलाई अपग्रेट गर्ने गरी पुस्तक पढ्ने, सिनेमा हेर्न र घुमफिर गर्न विज्ञहरूको सुझाब छ । उनीहरूले सामाजिक सञ्जाल नै त्याग्ने सल्लाह दिने गरेका छन् ।

८. आफ्नोबारेमा अझै राम्रो गर्न सकिने
कोरनिल र विस्कन्सिन युनिभर्सिटीले संयुक्त रूपमा गरेको अध्ययबाट के पत्ता लागेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अधिकांशले आफ्नैबारेमा गलत मान्यता राखेका हुन्छन् । आपूmले पोस्ट गरेको फोटो, भावना र विचारमाथि कसैले गरेको कमेन्ट, लाइकका आधारमा आत्ममूल्यांकन गर्न थालिने भएकाले यसले ठूलो समस्या निम्ताएको अध्ययको निष्कर्ष छ । यसका साथै सामाजिक सञ्जाल प्रयोगकर्ताले अरूको प्रोफाइलमा देखिएको खुसी, रमाइलोलाई समेत आधार मानेर दुःखी हुने गरेको जनाएको छ । यसकारण, फेसबुक त्यागेर खुसी हुन विज्ञहरूको सल्लाह छ ।

७. वास्तविक साथीहरूको पहिचान हुने
अनलाइन फ्रेन्डसिफ भनेको मात्र देखावटी हो । यस्ता सम्बन्ध फोटो, पोस्टमा लाइक कमेन्टमा मात्रै सीमित हुने अध्ययनको निष्कर्ष छ । यसकारण, जतिसक्दो चाँडो सामाजिक सञ्जालबाट मुक्त भइयो त्यति नै चाँडो आफ्ना वास्तविक साथीहरूको पहिचान हुन्छ । 

६. सामाजिक सञ्जालमा प्राप्त ‘लाइक’ अर्थहीन रहेको तŒवबोध
सामाजिक सञ्जालमा तपाईंले गरेका पोस्टमा लाइक गर्ने मानिसका बारेमा अलिकति अनुसन्धान गर्नुभयो भने पनि थाहा हुन्छ कि तपाईंलाई आएको लाइकको भ्यालु कति छ भनेर । तपाईंलाई आएको त्यो लाइक वास्तवमै मन पराएर आएको होइन । त्यो लाइक गर्ने मानिसले ‘म पनि यतै छु’ भनेर देखाउन जुनसुकै पोस्टमा पनि लाइक गरिरहेका हुन्छ । अब आफँै भन्नुहोस् के तपाईं यस्तै चाहनुहुन्छ यस्तो सम्बन्ध ?

५. आफूलाई अरूले प्रयोग गर्नबाट मुक्त
सामाजिक सञ्चालमा सबैको सहज पहुँचका कारण तपाईंका बारेमा जानकारी लिन मात्र एक क्लिक काफी छ । अझ फेसबुकजस्तो मिडियामा त तपाईंका कतिपय गोप्य कुरा 
(रुचि, स्वास्थ्य, ठेगाना, शिक्षालगायत) समेतमा सबैको सहज पहुँच छ । जसका कारण तपाईंले चिन्दैनचिनेका मानिसले समेत ट्याग गरिररहेका छन् । यिनै जानकारीका आधारमा तपाईंलाई कसैले प्रयोग गरिरहेको हुन्छ । यसकारण यस्ता माध्यमबाट टाढै रहन विज्ञहरूको सल्लाह छ । 

४. आफ्ना र आफूप्रतिको जिम्मेवारीबोध हुन्छ
जर्मनीमा हालै सपन्न एक अध्ययनबाट के पुष्टि भएको छ भने फेसबुक प्रयोगकर्ताहरू आफ्नै नातागोता, साथीभाइले गरेको पोस्ट र फोटोमा समेत आरिस गर्छन् । 
उनीहरूले जोडेको सम्पत्ति र सम्बन्धमाथि नजर लगाउँछन् र आफैँलाई गैरजिम्मेवार ठान्छन् । यसकारण, तत्काल फेसबुकजस्ता सामाजिक सञ्जाल त्याग्न विज्ञहरूको सुझाब छ । 

३. उत्पादनमूलक काममा ध्यान जान्छ
फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोगमा खेर फालिरहेको समय बचत हुन्छ त्यसवेला, जब तपाईंको ध्यान उत्पादनमूलक काममा जान्छ । वर्षाैँदेखि गर्न खोजेको, तर नसकेका कामसमेत पूरा हुन थाल्छन् । यसका लागि तपाईंको डिभाइसमा भएका सबै सामाजिक सञ्जालका खाताहरू पहिला हटाउनुपर्छ र आफूलाई मन पर्ने अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्छ । जसले ‘फेसबुक प्रयोग’जस्तो कुलतबाट मुक्ति दिन्छ । 

२. मस्तिष्कलाई ‘जीवित’ बनाउँछ 
सामाजिक सञ्जाल प्रयोगले धेरैको मस्तिष्क ‘मृत’ बनिसकेको विभिन्न अध्ययनले देखाएको छ । सामाजिक सञ्जालमा गरिने पोस्टिङ, चेकिङ, ट्यागिङमा तपाईंसँग भएको मस्तिष्कको एक अंश पनि प्रयोग हुँदैन । यसकारण, आफूसँग भएको क्षमता प्रयोग गर्न तत्काल फेसबुक खाता हटाउन विज्ञहरू सुझाब दिन्छन् । जीवन छोटो छ यसलाई वास्तविक रूपमा प्रयोग गरौँ । फेसबुकको 
सहारामा होइन ।

१. सामाजिक सञ्जालका लागि हामी केही होइनौँ, मात्रै तथ्यांक हाैँ भन्ने ज्ञान हुन्छ 
वास्तविक जीवनमा हामी सबै एक–अर्काका लागि निकै महत्त्वपूर्ण छौँ । घरपरिवार, छरछिमेक, साथीसंगति हरेक स्थानमा हाम्रो मूल्य छ । तर, दिनभर अल्मलिने सामाजिक सञ्जालका लागि हाम्रो कुनै मूल्य छैन । उसका लागि हामी मात्र तथ्यांक हौँ । तपाईंसँग संकलन गरेका हरेक व्यक्तिगत सूचनालाई आधार मानेर उसले व्यापार गरिरहेको हुन्छ । तपाईंले दिएको रुचिका बारे सूचनाका आधारमा फेसबुकले विज्ञापन दिने गर्छ । तपाईंको उमेरअनुसार विज्ञापन हेर्न बाध्य पार्छ । पटक–पटक एउटै खेल र विज्ञापन दिएर दिक्क बनाइ राख्छ । किनकि हामी उनीहरूका लागि आम्दानीका स्रोत हाैँ । यसकारण, तपाईं स्वतन्त्र व्यक्ति हो, तपाईं कुनै नम्बर होइन । तत्काल स्वतन्त्र बन्नुहोस् ।