१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य  प्रतिलिटर २ रुपैयाँ बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१८:oo

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँ वृद्धि गरेको छ । सोमबार रातिबाट लागू हुने गरी गरिएको मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पछिल्लो डेढ महिनामा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य अचाक्ली बढेर आएकाले यसपटक मूल्य बढाउनुपरेको बताए । ‘पछिल्लो डेढ महिनामा हामीले नेपाली बजारमा इन्धन मूल्य समायोजन गरेका छैनौँ ।

यो अवधिमा प्रतिलिटर पेट्रोलमा ७.६१ रुपैयाँ, डिजेलमा ६.३९ रुपैयाँ, मट्टीतेलमा ६.०४ रुपैयाँ, हवाई इन्धनमा ६.९० रुपैयाँ बढेर आइसकेको छ । खाना पकाउने एलपी ग्यासमा १९.०६ रुपैयाँ प्रतिसिलिन्डर बढेर आएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘यति ठूलो मूल्यवृद्धिलाई हामीले थेगेर उपभोक्तालाई मार पर्नबाट बचायौँ । यसपटक भने बाध्य भएर बढाएका छौँ ।’ मूल्यवृद्धिपछि भने इन्धन कारोबारमा आगामी १५ दिनमा ४९.८८ करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ । 

ad
ad