मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३ शनिबार १६:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार संविधानअनुरूप नै चलिरहेको छ : नेता नेम्वाङ (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३ शनिबार १६:०४:००

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले वर्तमान सरकार संविधानअनुरूप नै काम गरिरहेको बताएका छन् । 

शनिबार नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै स्थायी कमिटी सदस्य नेम्वाङले वर्तमान सरकारले संविधानअनुसार नै काम गरिरहेको बताएका हुन् । 

संसद् विघटन भइसकेपछि सरकारले गरेका विभिन्न काममा प्रश्न उठाइएको भन्दै उनले सरकार संविधानअनुसार नै कार्यरत रहेको दाबी गरे । 

संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेल वर्तमान मन्त्रिपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको बताए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी नहुँदासम्म सरकारले सम्पूर्ण काम गर्न पाउने उनको भनाइ छ । 
नेम्वाङले सरकारले घोषणा गरेको वैशाख १७ र वैशाख २७ गते नै निर्वाचन हुने बताए । 

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गराउँदैन भनी भ्रम फैलाउँदै सर्वोच्चलाई अनावश्यक दबाब दिन खोजिएको भन्दै उनले आलोचना गरे । 

देश निर्वाचनमा गइसकेकाले प्रतिपक्षी दलले निर्वाचन केन्द्रित भएर कार्यक्रम गरिरहेकाले आफूहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए । 

उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने आशा व्यक्त गरे  

देशको संविधान, कानुन तथा विगतको अभ्यासहरूका आधारमा पार्टीको आधिकारिकता आफूहरूले पाउनुको विकल्प नरहेको उनको भनाइ छ । 

स्थायी कमिटी सदस्य नेम्वाङले संविधानमा यो देशको राज्य प्रणाली संसदीय राज्य प्रणाली हुने भनिएको उल्लेख गर्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार पनि हुने बताए । 

संविधानले प्रधानमन्त्रीको विशेषाधिकारलाई निषेध नगरेको उनको तर्क छ ।

प्रधानमन्त्री ओलीले आफूलाई बहुमत हुँदाहुँदै काम गर्न नदिएको भन्दै जनतामा जाने निर्णय गरेकाले जनतामा जानेकुरा ठीक कि बेठीक भन्ने चुनाव हुँदा जनताले नै फैसला गर्ने नेम्वाङले बताए ।