Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३ शनिबार १५:५१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सरकारले क्रमशः सबै नेपालीलाई निःशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउँछ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३ शनिबार १५:५१:००

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोभिड १९ विरुद्धको खोप क्रमशः सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने जनाएका छन् । 

उनले विश्व स्वास्थ्य संगठनलगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रूपमा सम्पूर्ण नेपालीलाई कोभिडविरुद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराउने बताएका हुन् । 

कोभिड १९ विरुद्धको निःशुल्क आयातका लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको उनले जानकारी दिए । 

मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेको प्रबन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तर्राष्ट्रिय दातृ निकायहरूले स्वेच्छिक रूपमा सहयोग गर्न सक्ने व्यवस्था गरेको भए पनि देशभित्रका कुनै नागरिक तथा संघसंस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल गर्ने नगरिएको स्पष्ट पारे । 

साथै, उनले अब देश मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जाने विश्वास पनि व्यक्त गरे । 

शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारणसभामा बोल्दै देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता हुने भन्दै उनले जनता सार्वभौमसत्तासम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए । 

नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको उनको भनाइ छ । 

यस विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले बताए ।