१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ३ शनिबार
  • Sunday, 06 July, 2025
२o७७ माघ ३ शनिबार o७:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बाबरमाथि यौनशोषणको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ ३ शनिबार o७:४४:oo

पाकिस्तान टोलीका कप्तान बाबर आजमविरुद्ध यौनशोषण गरेको आरोप लगाइएको छ । लाहोर अदालतले कप्तान बाबारविरुद्ध यौनशोषण सम्बन्धमा एफआइआर मुद्दा दर्ता गर्न आदेश दिएको छ । हामिजा मुख्तार नाम गरेकी एक महिलाले आफू दश वर्षदेखि बाबारद्वारा यौनशोषणको सिकार भएको बताएकी छिन् । सन् २०१५ मा आफू गर्भवती हुँदा बाबरले मार्ने धम्की दिएको समेत पीडित महिला हामिजाले पत्रकार सम्मेलनम खुलासा गरेकी छिन् । 

लाहोर अदालतका न्यायाधीश नोमन मोहमदले नसिरावाद पुलिस स्टेसनलाई तत्कालै बाबरविरुद्ध एफआइआर मुद्दा दर्ता गर्न आदेश दिएको पाकिस्तानी टेलिभिजन न्युज २४ ले उल्लेख गरेको छ । यसअघि बाबर र उनका परिवारले हामिजालाई मुद्दा फिर्ता लिन दबाब दिएका थिए । बाबर परिवारले ती महिलाविरुद्ध अदालतमा मुद्दा राखेको थियो । उल्टै आफूमाथि मुद्दा राखेपछि हामिजाले बिहीबार न्युज २४ सामु बाबरले १० वर्षदेखि आफूसँग अनैतिक रूपमा शारीरक सम्बन्ध राखेको खुलासा गरिन् । ‘विवाह गर्ने भनी मलाई बारम्बार झुक्याइयो, दश वर्षसम्म मेरो शरीरमाथि खेलबाड भयोे,’ न्युज २४ मा हामिजाले भनिन्, ‘म गर्भवती हुँदा बाबरले हत्या गर्नेसम्म धम्की दिएका थिए ।’ 

कोर्टमा विवाह गर्ने आश्वासन
दुई महिनाअघि पनि हामिजाले पत्रकार सम्मेलनमा बाबरको नराम्रो कामको पर्दाफास गरेकी थिइन् । त्यसवेला यो घटना सेलाएर गयो । तर, पुनः बाबरबाट हत्याको धम्की आएपछि आफू मिडियासामु आउनुपरेको उनले बताइन् । यो दश वर्षमा बाबरले सधैँ कोर्टम्यारिज गर्ने विश्वास दिलाएको हामिजाको भनाइ छ । हामिजाले गत वर्ष पनि बाबरसमक्ष विवाह गर्न प्रस्ताव राख्दा कुट्ने धम्की आएको बताइन् । ‘हामीबीच दश वर्ष यौनसम्बन्ध भयो, प्रत्येकपटक विवाहको प्रसंग उठाउँदा कोर्टमा गएर म्यारिज गर्ने कुरा हुन्थ्यो ।’ 

एकै स्कुलमा पढ्ने
बाबर र हामिजा एकै स्कुलमा पढ्थे । स्कुलदेखि नै दुईबीच सम्बन्ध थियो । बाबरले स्कुल जीवनमै आफूलाई प्रेम प्रस्ताव राखेको हामिजाले बताइन् । प्रेम प्रस्ताव राख्दा बाबरले क्रिकेट करिअर सुरु गरेका थिएनन् । प्रेम सम्बन्ध अगाडि बढेपछि विवाहको कुरा चल्यो । दुवैले आ–आफ्नो परिवारका सदस्यलाई सबै कुरा राखे । तर, दुवैतर्फका परिवारले बाबर र हामिजाको सम्बन्ध स्वीकार गरेनन् । सन् २०११ मा हामिजा बाबरसँगै भागिन् । गुलबर्ग र पन्जाब हाउजिङ सोसाइटीमा प्रहरीले हामिजालाई पक्रेर परिवारसमक्ष बुझाएको थियो । हामिजालाई भगाएको आरोपमा प्रहरीले बाबरमाथि मुद्दा दर्ता गरेको थियो । त्यसैवेला बाबरले हामिजालाई विवाह गर्ने विश्वास दिलाउँदा मुद्दा फिर्ता भयो । सन् २०१४ मा बाबर पहिलोपटक पाकिस्तानी राष्ट्रिय टोलीमा छनोट भएका थिए । सिनियर टोलीबाट खेल्ने भएपछि बाबरको व्यवहारमा परिवर्तन आएको हामिजाले बताइन् ।