मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ २ शुक्रबार ०६:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकको ३५.२६ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
२०७७ माघ २ शुक्रबार ०६:३२:००

नबिल बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई ३५ दशमलव २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३६औँ वार्षिक साधारण सभाले आव २०७६/०७७ को मुनाफाबाट र साधारणसभामा पेस गरेअनुसार आर्थिक वर्र्ष २०७६/७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाल निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ । बैंकले निजी क्षेत्रका बैंकहरूमध्ये उच्चतम  अर्थात् ३  अर्ब ४६ करोड रुपैयाँ मुनाफा हासिल गर्न सफल भएको दाबी गरेको छ ।

बैंकले जेथामा प्रतिफल १३ दशमलव ६१ प्रतिशत र प्रतिसेयर आम्दानी ३६ रुपैयाँ १६ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३७ अर्ब पुर्‍याएको जनाएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको सेयर पुँजी यस वर्ष १३ अर्ब ४८ करोड रुपैयाँ नाघेको बैंकले जनाएको छ ।