मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रमेश रावल सुर्खेत
२०७७ माघ १ बिहीबार १६:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ माघ १ बिहीबार १६:२६:००

आधिकारिक जग्गाधनीको अनुमतिबिना नै अर्काको नाममा जग्गा पास गरेको आरोपमा मालपोत कार्यालय सुर्खेतका एकजना कर्मचारी पक्राउ परेका छन् । 

सुर्खेतको वीरेन्द्रनगर– ६ मा सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहा नै नदिई अर्काको नाममा नामसारी गर्ने मालपोत कार्यालय सुर्खेत नायव सुब्बा विश्वरूप साउदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो । 

रावतको नाममा रहेको वीरेन्द्रनगर– ६ शंकरचोकमा रहेको ६ कट्ठा जग्गामध्ये चार कट्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिका नाममा बिक्री गर्न नायव सुब्बा साउदको संग्लनता रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।

साउदले सन्तोष ठाकुर नामका व्यक्तिसँगको मिलेमतोमा उक्त काम गरेको खुलेको आरोपमा साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार मुख्य अभियुक्त भनिएका ठाकुर भने पक्राउ परेका छैनन् ।

यसबारेमा थप अनुसन्धान भइरहेको ती अधिकृतले जानकारी दिए ।