मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ १० शनिबार
  • Saturday, 23 January, 2021
ad
रासस/एएफपी वासिङ्टन
२०७७ पौष २९ बुधबार १४:१३:००
विश्व

अमेरिकामा ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइयो

रासस/एएफपी वासिङ्टन
२०७७ पौष २९ बुधबार १४:१३:००

संयुक्त राज्य अमेरिकामा करिब सात दशकपछि पहिलोपटक एक महिलालाई अमेरिकी संघीय कानुनबमोजिम मृत्युदण्ड दिइएको छ । 

गर्भवती महिलालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सुई लगाएर बुधबार मृत्युदण्ड दिएको अमेरिकी न्याय विभागले जनाएको छ । 

ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागारमा राखिएको थियो । मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीया एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् । 

अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घन्टापछि मृत्युदण्ड दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई संघीय कानुनबमोजिम मृत्युदण्ड दिने गरी कार्यकारी आदेश जारी गरेका थिए ।