मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २९ बुधबार ०८:५७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा ६० करोड खर्च

Read Time : < 1 मिनेट
२०७७ पौष २९ बुधबार ०८:५७:००

लमजुङमा भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा ६० करोड रुपैयाँ खर्च भएको छ । जिल्लामा ०७२ को भूकम्पपछि हालसम्म ८५ वटा विद्यालय भवन पुनर्निर्माण भएको हो । 

भवन पुनर्निर्माणका लागि कुल एक अर्ब आठ करोड ६७ लाख रुपैयाँ बजेट आएकोमा ६० करोड खर्च भएको छ भने ४८ करोड ६७ लाख रुपैयाँ बाँकी रहेको छ । जिल्लामा एक सय ७१ वटा विद्यालय भवन निर्माण कार्यक्रम रहेकोमा ८६ वटा निर्माणाधीन अवस्थामा छन् ।

लमजुङमा रहेका तीन सय ५२ वटा विद्यालयमध्ये भूकम्पले एक सय २७ वटा विद्यालय प्रभावित भएका थिए । विद्यालय व्यवस्थापन समितिमार्फत चारकोठे भवन निर्माणको ९१ वटा कार्यक्रम रहेकोमा ३७ वटा सम्पन्न भएको छ । तीनकोठे भवन निर्माणको २० वटा कार्यक्रम रहेकोमा १४ वटा भवनको पुनर्निर्माण सकिएको छ ।

दुईकोठे विद्यालय भवन निर्माण कार्यक्रम संख्या ५२ वटा रहेकोमा ३१ वटा भवन निर्माण सकिएको छ । चारकोठे भवन ५४ वटा निर्माणाधीन अवस्थामा छन् । तीनकोठे ६ वटा भवन, दुईकोठे २१ वटा भवन निर्माणाधीन अवस्थामा रहेको एकाइ प्रमुख अशोक पराजुलीले बताए ।

गैरसरकारी संस्थामार्फत १० कोठे भवन एउटा निर्माण कार्यक्रम रहेकोमा भवन निर्माण सकिएको छ । यस्तै, साउदी अरेबिया राजदूतावासमार्फत १२ कोठे विद्यालय भवन निर्माणको कार्यक्रम एउटा रहेकोमा निर्माणाधीन अवस्थामा छ । नौकोठे विद्यालय भवन निर्माणको कार्यक्रम तीनवटा रहेकोमा तीनवटै निर्माणाधीन अवस्थामा छन् ।