१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष २९ बुधबार ०७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमन्त्री विष्टलाई मातृशोक

Read Time : < 1 मिनेट
२०७७ पौष २९ बुधबार ०७:४९:००

पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद  गोकर्ण विष्ट, इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट, पूर्व प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गगन विष्टलाई मातृशोक परेको छ । इस्मा गाउँपालिका– ४ दोहलीनिवासी चिन्तकला विष्टको मंगलबार  ९० वर्षको उमेरमा निधन भएको छ ।

उनलाई केही दिन अघिदेखि सामान्य समस्या देखा परेको थियो । पछिल्लो समय निको हुँदै गए पनि अचानक दुःखद घटना घटेको इस्मा गाउँपालिका अध्यक्ष  लक्ष्मण विष्टले बताए । बुधबार ११ बजे इस्मा गाउँपालिका– ५ हुलाकेमा अन्त्येष्टी गरिने विष्ट परिवारले जनाएको छ ।

 चिन्तकलाका गोकर्ण विष्टसहित पाँच  छोरा  छन् ।