मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २८ मंगलबार ११:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा बझाङको पार्टी कार्यालयमा बैठक तथा भेला गर्न नपाइने

Read Time : < 1 मिनेट
२०७७ पौष २८ मंगलबार ११:१७:००

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको विवाद जिल्लास्तरसम्म पुगेको छ ।

दुई फ्याक भएको नेकपाका कार्यकर्ताबीच हुन सक्ने झडपका कारण शान्ति सुरक्षामा खलल पुग्ने भन्दै जिल्ला प्रशासन कार्यालय बझाङले पार्टी कार्यालयमा बैठक तथा भेला नगर्न आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सोमबार एक सूचना जारी गर्दै जयपृथ्वी नगरपालिका– १० चैनपुरस्थित पानकोट पुलनजिक रहेको नेकपा पार्टी कार्यालयमा दुईवटै समूहलाई कार्यक्रम नगर्न भनेको हो ।

स्थानीय प्रशासन, २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम उक्त पार्टी कार्यालयमा पार्टीका भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।