मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २७ सोमबार १५:३८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय टोलीका पूर्वगोलकिपर शाहीको निधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २७ सोमबार १५:३८:००

राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका पूर्वगोलरक्षक शाहीको निधन आइतबार राति ९ः३० बजे पुर्ख्याैली घर दैलेखको चोरत्तामा भएको जनाएको छ । गत साता मात्र शाही दैलेख गएका थिए । 

घर जानुअघि स्वास्थ्य चेकअप गराउँदा शाहीलाई खासै समस्या थिएन । तर, पछिल्लो समय उनी विभिन्न रोगले ग्रस्त थिए ।

नेपाली फुटबल इतिहासमा शाही एक राम्रा गोलरक्षक रूपमा चिनिन्छन् । दक्षिण एसियाली खेलकुद साग (साग)का स्वर्ण पदक विजेता ६५ वर्षे शाहीको अन्त्येष्टि दैलेखमै गरिनेछ । 

सन् १९८४ मा काठमाडौंमा आयोजित पहिलो साफमा नेपाली टोलीले स्वर्ण पदक जित्दा उनी त्यसको सदस्य थिए । शाहीले आफ्नो करिअरमा १९८२ देखि १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । 

उनले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले १९९५ देखि २००२ सम्म एन्फाको महासचिवका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए । 

एन्फाबाट अलग भएपछि शाही नेपाल बक्सिङ संघको महासचिव बनेका थिए । 

०७० सालमा उनकै नेतृत्वमा नेपालमा आइस हक्की संघ स्थापना भएको थियो । शाही आइस हक्की संघका संस्थापक अध्यक्ष हुन् । नेपालमा आइस हक्कीको अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजना उनको थियो । 

शाहीले घरेलु फुटबलमा भेरी अञ्चल र तत्कालीन महेन्द्र पुलिस क्लबबाट पनि खेले । उनी ०४० सालमा राष्ट्रिय खेलकुद परिषदबाट सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । 

फुटबलबाट बाहिरिए पनि शाही खेलकुदमा सक्रिय थिए । शाहीकै अग्रसरतामा नेपाल स्पोर्टस् डेभलपमेन्ट एसोसिएसन गठन भएको थियो । 

०५२ सालमा उनले एनएसडिएको नाममा फुटबल टोली तयार पारेर भारतमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगितामा नेपाल टोलीलाई सहभागी गराएका थिए । 

खेलाडी तथा व्यवस्थापकीय रूपमा फुटबलमा सफल व्यक्तित्व केही समयअघि मानव तस्करी गरेको अभियोगमा जेल जलान भएको थियो ।