१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ पौष २७ सोमबार १३:०५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राष्ट्रिय एकता दिवस एवं पृथ्वीजयन्ती मनाइँदै (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ पौष २७ सोमबार १३:०५:००

पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

नेपाल एकीकरणको नेतृत्व गरेका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । 

तत्कालीन गोरखा राज्यका राजाका रूपमा रहेका पृथ्वीनारायण शाहले आफ्नाे २० वर्षको उमेरबाट नेपाल एकीकरण थालेका थिए ।

उनले निरन्तर रूपमा आफू ५२ वर्ष भइञ्जेलसम्म ३२ वर्ष अथक तवरले विभिन्न बाइसे–चौबीसे राज्यहरू एकीकरण गरी हालको नेपाल बनाएका थिए । 

राष्ट्रिय एकता दिवसमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गरेको छ । साथै एकीकरणमा प्रयोग गरिएको बाटोलाई एकीकरण रुटका रूपमा विकाससमेत गरिएको छ । 

हाम्रा फोटोग्राफर दीपेन्द्र ढुंगानाले राष्ट्रिय एकताको सन्दर्भमा आयोजित कार्यक्रमहरूलाई तस्बिरमा यसरी कैद गरेका छन् ।